Logo
Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक: कोरोनाभाइरस नियन्त्रण तथा रोकथामबारे छलफल


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सोमबार बस्दैछ । बैठक बिहान ९ बजेका लागि बोलाइएको एक मन्त्रीले बताए ।

आजको बैठकमा बढ्दो कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका विषयमा छलफल हुने बताइएको छ ।

शनिबार बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको थियो । तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनुपर्ने सीसीएमसी बैठकको सर्त छ ।

सो प्रस्तावबारे आजको बैठकमा छलफल हुनेछ । चौतर्फीरुपमा विद्यालय बन्द गर्न दवाव बढेको बेला आजको बैठकले के निर्णय गर्छ भन्नेमा चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्