Logo
Logo

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय


दृष्टि संवाददाता


तस्विर फाईल ।

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

संसदको हिउँदे अधिवेशन आज अपरान्ह १ बजेबाट अन्त्य हुने भएको छ । एक मन्त्रीले संसद अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषदको आजको बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरु भएको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिबाट संसद अधिवेशन अन्त भएको सूचना जारी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्