Logo
Logo

एक महिना विद्यालय बन्द गर्ने सरकारको निर्णय


दृष्टि संवाददाता


तस्विर फाईल ।

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै एक महिना विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय, फिल्म हल, पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

रात्रिकालीन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

निर्णय अनुसार र‌गंशालाको हकमा दर्शकरहित खेल गतिविधि सन्चालन गर्न पाइनेछ । यसो हुँदा नेपालमा जारी त्रीदेशीय ट्वान्टी–२० क्रिकेट सिरिज भने दर्शकविना सन्चालन हुने उल्लेख छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रिपरिषदको आज बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको जानकारी दिए ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनको भनाई छ । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्