Logo
Logo

‘लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि खरोरुपमा उत्रिन्छौँ’


दृष्टि संवाददाता

315
Shares

काठमाडौं । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि आफ्नो नेतृत्वमा रहेको कार्यसमिति खरोरुपमा उत्रने बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौैँ शाखाले सोमबार राजधानीमा आयोजना गरेको नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गदै उनले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको खरोरुपमा उत्रने बताएका हुन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, नेपाल प्रेस युनियन काठमाडौँका पूर्वध्यक्ष नकुल अर्याललगायतले सरकारले पत्रकारको अधिकारको रक्षाका लागि पत्रकार महासङ्घको नयाँ कार्यसमिति लाग्नुपर्ने बताएका थिए ।

नेपाल प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवी पत्रकारको पक्षमा नयाँ कार्यसमितिलाई काम गर्न आग्रह गरे।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश सदस्य, उपत्यका प्रदेश, प्रतिष्ठान समिति, एशोसियट र नेपाल पत्रकार महासङ्घ काठमाडौँ, भक्तपुर तथा ललितपुरमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्