Logo
Logo

माओवादीको स्थायी कमिटी बैठक: सरकारलाई दिएको समर्थनबारे के गर्ला ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माण बारे छलफल नेता देवेन्द्र पौडेलले बताए ।

यसअघि सोमबार बोलाइएको बैठक अन्य राजनीतिक दलसँगको छलफलका कारण स्थगित भएको थियो ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा सम्भवत आज निर्णय गर्ने नेता देवेन्द्र पौडेलको भनाई छ ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बेला संसदको अधिवेशन सोमबार अन्त्य गरिएपछिको आगामी रणनीतिका बारेमा माओवादी केन्द्रले छलफल गर्ने भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्