Logo
Logo

आन्तरिक परामर्शमा नेता नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल आन्तरिक छलफलमा जुटेका छन् । बुधबार साँझ अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका नेता नेपाल बिहीबार आफू पक्षका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

ओलीसँगको छलफलमा नेपाललाई गुटगत र समूहगत रूपमा वार्ता नहुने बताएका थिए । ओलीले नेपाललाई शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न समेत आग्रह गरेका छन् ।

आजको छलफलमा आफू पक्षधर नेताहरूलाई ओलीसँगको वार्ताको ब्रिफिङ गर्न लागेका हुन् । नेपाल र ओलीबीच आज पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्