Logo
Logo

आज पनि होटल मेरियटमै ओली-नेपालबीच छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि छलफल हुँदैछ । बुधबार नागपोखरीस्थित मेरियट होटलमा करिब दुई घण्टा ओली र नेपाल पक्षबीच छलफल भएको थियो ।

अध्यक्ष तथा प्रधामन्त्री ओलीले बुधबार नेपाल पक्षका नेतासँग ‘वान टु वान’ छलफल गरेका थिए । पछिल्लो समय एमाले विभाजनको संघारमा पुगेको छ । यसैबेला आफू विभाजन रोक्न पं्रयासरत रहेको ओलीले बताएका छन् ।

बुधबार भएको छलफलमा खाश निष्कर्ष ननिस्किएपछि आज पनि छलफल हुने भएको हो । स्रोतका अनुसार आज पनि होटल मेरियटमै दिउँसो २ बजे छलफल हुँदैछ ।

अध्यक्ष ओली र नेपालबीच आज हुने छलफलमा एमाले एकताबद्ध रहने वा नरहने तय हुने बताइएको छ । स्रोतअनुसार ओली ‘वार कि पार’ भन्ने नीतिमा लागेका छन् । आज ओलीसँग भेट्नुअघि नेता नेपालले आफूनिकट नेतासँग परामर्श गरेका छन् । सो परामर्शमा ओलीसँग भएको छलपलबारे ब्रिफिङ गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्