Logo
Logo

सुन्दरीको अनौठो ठगी सञ्जाल



काठमाडौं, १८ पुस ।
नेपालका युवतीहरु विदेशी युवक भनेपछि हुरुक्कै हुन्छन् । त्यही मोहले कतिपयको जीवन बर्बाद हुने गरेको छ ।
एक नेपाली मोडल विदेशी युवकसँगको प्रेमले यतिबेला प्रहरी हिरासतमा पुगेकी छिन् । मिस नेवाःमा समेत उत्कृष्ट भएकी र विभिन्न म्युजिक भिडियोमा खेलेकी कुसुम कायस्थ यतिबेला विदेशी युवकसँगको सम्बन्धका कारण फन्दामा परेकी हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले कायस्थलाई आइतबार पक्राउ गरेको छ । महाशाखाका अनुसार आइभोरीकोष्टका नागरिक क्वाटारा आलाकाग्नीसँग कुसुम प्रेम सम्बन्धमा फसिन् । कुसुम डिस्कोमा रमाउँथिन् । त्यही क्रममा तीन वर्षअघि क्वाटारासँग डिस्कोमै भेट भयो । त्यही भेटबाट प्रेम सम्बन्धमा मात्र होइन, वैवाहिक सम्बन्धमै गाँसिए । क्वाटाराले आफू धनी व्यक्ति भएको प्रभाव उनलाई पारेका थिए ।
खासमा क्वाटारालाई नेपालमा एउटा साथी चाहिएको थियो । महिला साथी भएपछि उनी पनि कुसुमसँग मोहित भए । दुवै जना पेप्सीकोलामा फ्ल्याट लिएर लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए । कुसुमले क्वाटारालाई आफ्नो श्रीमान्कै रुपमा चिनाउँदै आएकी छिन् । फेसबुकमा समेत आफ्नो थरमा उनको नाम जोडेकी थिइन् । फेसबुकमा सँगै घुम्न गएकोदेखि रेस्टुरेन्टका फोटाहरु हालेकी थिइन् ।
उनीहरुले काठमाडौँमा कुनै काम गरेका थिएनन् । तर, पनि महंगो जीवनशैली बाँच्दै आएका थिए । कुसुमको खातामा नियमित रुपमा पैसा आइरहेको थियो । त्यही पैसाबाट उनीहरुले मस्ती गर्दै आएका थिए ।
श्रीमानले विदेशबाट मगाएको पैसा आफ्नो खातामा जम्मा भएको उनको आँकलन थियो । तर, आइतबार पक्राउ परेपछि मात्र उनले थाहा पाइन्, उनका श्रीमान त अन्तर्राष्ट्रिय ठग गिरोहका सदस्य रहेछन् । प्रेमको नाटक गरी उनको खाता प्रयोग गरी ठगी गर्न उनले सम्बन्ध गाँसेको कुरा बल्ल कुसुमले थाहा पाइन् ।
फेसबुक, भाइबर, इमो, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य हुन् क्वाटारा । जसले नेपालका ८ जना युवतीलाई ठगी गरिसकेका थिए । फेसबुकमा ह्यान्डसम बेलायती युवकको फेसबुक खोलेर रिक्वेस्ट पठाउने, बेलायतबाटै फोन पनि गर्ने र उपहार पठाएको बताएर ठगी गर्ने गिरोहमा उनी आबद्ध थिए ।
आफू धनाढ्य भएको भन्दै फेसबुकबाटै प्रभावमा पार्ने र लाखौंको उपहार पठाइदिएको बताउँथे । त्यसरी उपहार पठाइदिएको भनेको केही दिनमा उनीहरुलाई भारतको नम्बरबाट फोन आउँथ्यो, जसमा लाखौंको उपहार भन्सारमा आइपुगेकाले भन्सार दस्तुर पठाइदिन आग्रह गर्दथे । लाखौंको उपहार आइसकेपछि एक लाख भन्सार तिर्न हिचकिचाउने भएनन् । त्यसरी भन्सारबापत पैसा भन्दै ठगी गर्न कुसुमको बैंक खाता प्रयोग गरिएको थियो । भन्सारवापतको पैसा पठाएपछि बेलायतका युवकसँग उपहार बेपत्ता हुन्थ्यो । त्यसरी ठगिएकाहरु प्रहरीमा पुगेपछि श्रीमानको ठगी धन्दाबारे उनले थाहा पाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्