Logo
Logo

वीरगञ्जमा थप ७८ जनामा कोरोना पुष्टि


दृष्टि संवाददाता


काठमाडौं । वीरगञ्जमा थप ७८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, सर्लाहीका २ जना र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले संक्रमितहरुमध्ये २६ जना छन् । संक्रमितहश्रको सिटी भ्यालु १४ देखि ३४ रहेको जानकारी दिए ।

नारायणी अस्पतालको आइसोलेसनमा ३१ जना संक्रमित उपचाररत छन् । एक जना भेन्टिलेटरमा छन् । अन्य अधिकांशलाई अक्सिजन लगाएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्