Logo
Logo

भातरको एक कोरोना विशेष अस्पतालमा आगलागी, १२ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ । आगलागी हुँदा १२ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।

आगलागीबाट अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो ।

अग्नि नियन्त्रक र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । आगलागीको कारण खुलेको छैन । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्