Logo
Logo

बाँकेको सुशील कोइराला अस्पताल एक साता बन्द


दृष्टि संवाददाता


बाँके । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको सेवा बन्द गरिएको हो ।

अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने जनाएको छ । बिरामीलाई पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा समेत मागेको छ । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित बढेका छन्।

प्रतिक्रिया दिनुहोस्