Logo
Logo

प्रधानमन्त्री चढेको जहाज आकाशमै होल्ड भएपछि


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २३ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली सवार यति एयरलाइन्सको एटिआर विमान आकाशमा आधा घन्टा होल्ड भएपछि छानबिन सुरु भएको छ । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा छानबिन समिति गठन भएको हो ।


प्रधानमन्त्री ओली मंगलबार झापाबाट काठमाडौं फर्कदा उनी चढेको जहाज आधा घन्टा आकाशमा होल्ड भएको थियो । यसअघि प्रधानमन्त्री चढेको जहाज होल्ड हुने गरेको थिएन । उडान गर्ने पाइलटले विमानस्थल टावरलाई भिभिआइपी रहेको जानकारी नगराउँदा आकाशमा नै होल्ड भएको हो।
प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा आकाशमा होल्ड भएको थियो। उनी झापा आन्दोलन (सुखानी काण्ड)का अगुवा मारिएको दिन आयोजित कार्यक्रमा भाग लिन झापा गएका थिए।
जहाज उडान गर्ने पाइलटले जहाज होल्डमा परेको केही समयपछि मात्रै फ्लाइटमा प्रधानमन्त्री सवार रहको जानकारी गराएका थिए । झापाबाट उडान भर्ने समयमा पनि यतिको उक्त जहाजको फ्लाइट विवरण समेत विमानस्थललाई मेन्सन नगरेको बताइएको छ ।
जहाजमा प्रधानमन्त्री रहेको सूचना पाउँदा रनवेमा कतार एयरवेजको जहाज उडानका लागि तयारी अवस्थामा थियो । कतार एयरवेजको जहाज तत्काल उडान गरेर प्रधानमन्त्री सवार यतिको जहाज ल्यान्ड गरिएको िथयो ।

प्रतिक्रिया दिनुहोस्