Logo
Logo

दुई किलो सुनसहित दुई जना पक्राउ


- दृष्टि न्युज/संवाददाता


कैलाली, २३ फागुन ।
तस्करीको दुई किलो सुनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीले उनीहरुलाई सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी २ किलो २ सय ३२ ग्राम सुनसहित पक्राउ परेका रमेशकुमार शैजु र सिताकुमारी चौधरी छन् । शैजु धनगढी १ का सुनचाँदी व्यवसायी हुन् भने चौधरी सोही पसलमा काम गर्छिन् ।

कैलालीको लम्किचुहा ३, चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति साढे ११ बजे २ किलो २ सय ३२ ग्राम सुन र १० किलो बराबरका चाँदीका तयारी सामान बोकेर आउँदै गरेको बा ९ च ७४१३ नम्बरको जीप सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको कैलालीका एसपी आभुषण तिम्सिनाले बताए । पक्राउ परेका शैजुको धनगढीको मेनरोडमा हुलाक भवन र त्यसको अगाडी एकरएक ओटा ओटा निलम सुनचाँदी गहना पसल संचालनमा रहेको छ ।

सैजुको गतिविधिमा शंका लागेर प्रहरीले केहिदिनदेखि निगरानी बढाएको एसपी तिम्सिना बताउँछन् । उनले सोही अनुरुप सुन बोकर धनगढी आउँदै गरेको सूचना प्राप्त हुनासाथ निजलाई बर्दियाबाट कैलाली प्रवेश गर्ने नाकामा नै नियन्त्रणमा लिएको बताए । सुन भारतबाट तस्करी भएको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्