Logo
Logo

‘गुड्ने र उड्नेमा विभेद भयो’


दृष्टि संवाददाता


काठमाडौं । सरकारले गुड्ने यात्राको साधनमा विभेद गरेको यातायात व्यवासायीहरुले गुनासो गरेका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निशेधाज्ञा जारी गर्दै यातायातका साधना बन्द गर्ने निर्णय गरेसँगै यातायात व्यवासयीहरुले विभेद गरेको बताएका हुन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विमान चल्न दिने तर सार्वजनिक सवारी बन्द गर्ने सरकारको नीति विभेदकारी भएको बताए ।

सार्वजनिक सवारीमा रोक तर, विमान सञ्चालनमा निरन्तरताले कोभिड महामारी नियन्त्रण नहुने उनको भनाई छ ।, यो समाचार आजको कारोवार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्