Logo
Logo

खानेपानी विभागका इन्जिनियरको सर्टिफिकेट नक्कली


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २३ फागुन ।
शहरी विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल निकास विभाग, पानीपोखरी काठमाडौंको मातहतमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत मोतिउर रहमानको सर्टिफिकेट नक्कली भएके खुलेको छ ।

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

अलाहवाद विश्वबिद्यालयबाट पढेको सर्टिफिकेट उनले पेश गरी खानेपानी तथा सरसफाई मन्त्रालयको सि.डि.ई. पदमा बढुवा भएका थिए । उनको प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको छ ।
विभागका अन्य इन्जिनियरउपर समेत आयोगले छानबिन अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्