Logo
Logo

चीनले कोरोना नियन्त्रणबारे नेपालसहित दक्षिण एसियाली मुलुसँग छलफल गर्दै


दृष्टि संवाददाता


काठमाडौं । चीनले कोरोना महामारी नियन्त्रणबारे आज नेपालसहित दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गर्दैछ ।

खोपको आपूर्ती र कोरोना नियन्त्रणका विभिन्न पक्षहरु बारेमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग चिनियाँ विदेशमन्त्री वाङ यीले सामूहिक भर्जअल कुराकानी गर्ने भएको हो ।

पछिल्लो समयमा भारतमा खोपको तीव्र अभाव भएको सन्दर्भमा हुन लागेको सो छलफलमा खोप प्रधान विषय हुने एक सरकारी अधिकारीको भनाई छ ।

नेपाल सहित दक्षिण एसियाका पाँच वटै मुलुकमा पछिल्लो समयमा कोराना भाईरसको संक्रमण बढेको छ । चीनले पछिल्लो समयमा महामारी नियन्त्रण्मा खोप क्षेत्रिय सहकार्यमा जोड दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्