Logo
Logo

सिकिस्त बिरामीलाई पनि अस्पतालमा छैन बेड !


दृष्टि संवाददाता


काठमाडौं । नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ । यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् । सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन् ।

‘सबै अस्पतालले अब कस्ता अवस्थाका बिरामी मात्रै भर्ना गर्ने भन्ने योजना बनाउनुपर्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा। अनुप बास्तोलाले भने, ‘स्वास्थ्यमा सुधार देखिएको छ भने त्यस्ता बिरामी रिपोर्ट नेगेटिभ नआउँदासम्म बेडमा राखिरहनुपर्दैन । औषधि र काउन्सिलिङ गरेर घर पठाई अर्को गम्भीर बिरामीलाई भर्ना गर्नुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना लिन थालेका छौँ ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्