Logo
Logo

राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन


दृष्टि संवाददाता


काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति एवम् राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको आज निधन भएको छ ।

उनको पशुपतिस्थित वैद्यखानामा आज विहान निधन भएको हो । उनको आजै विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

पूर्वीय दर्शनका जानकार पौडेल पहिलो राष्ट्रियसभाका सदस्यसमेत थिए ।ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो ।

सुरुमा उनलाई उपचार गर्न त्रिवि शिक्षण अस्पताल हुँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा ल्याइएको थियो । तर, पशुपतिमा देहत्याग गर्ने पौडेलको इच्छाअनुसार नै पशुपतिस्थित वैद्यखानामा लगिएको थियो । पौडेलबारे जानकार कांग्रेस नेता चन्द्र भण्डारीका अनुसार राष्ट्रियसभा सदस्य हुँदा सरकारले दिएको गाडीको सुविधा पौडेलले लिएका थिएनन् ।

‘त्याग र निष्ठाको राजनीतिको उहाँ उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो,’ भण्डारीले भने, ‘गाडीको सुविधा नलिने उहाँ पनि एक सदस्य हुनुहुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्