Logo
Logo

कोरोनाले रुपन्देही र नवलपरासीका दुई जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । रुपन्देही र नवलपरासी पश्चिमका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा बुटवलमा मृत्यु भएको असप्तालले जनाएको छ ।

नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो ।

वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे र वैशाख १३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । १६ गते अस्पताल भर्ना भएका पुरुषको बिहान ५ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमको भनाई छ ।

डा. गौतमका अनुसार महिलालाई एचडियुमा राखेर र पुरुषको भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्