Logo
Logo

झलनाथ खनालको उपचारमा ध्यान दिन माधव नेपालको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।

उनको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् ।

नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको उपचारमा यथेष्ठ ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु ।’

पूर्वप्रधानमन्त्री खनाल कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचारत छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक श्रोतको भनाई छ ।

पखाला लागेपछि मनमोहन अस्पतालमा भर्ना भएका खनाललाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि शनिबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्