Logo
Logo

लुम्बिनीका दुई स्वतन्त्र सांसद एमालेमै रहने


दृष्टि संवाददाता


बुटवल । लुम्बिनी प्रदेशका दुईजना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन् ।
सूर्य चिन्हबाट कपिलबस्तु–२ ‘ख’बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’बाट चुनाव जितेका अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका हुन् ।
उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०७४ मंसिरमा सम्पन्न प्रदेशसभाको चुनावमा हामी सूर्यचिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य हौँ । सूर्य चिन्हबाट निर्वाचित प्रदेशसभा सदस्य भएकाले हामी नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध छौं । नेकपा एमाले प्रदेशसभा संसदीय दलप्रति प्रतिबद्ध हुनु कानूनी र राजनैतिक रूपमा स्वाभाविक विषय हो ।’
विपक्षी गठबन्धनको उम्मेदवार कुलप्रसाद केसीको दावीमा आफूहरूको हस्ताक्षर प्रयोग गर्नु बदनियत र त्रुटिपूर्ण रहेको उनीहरुको दावी छ ।

प्रतिक्रिया दिनुहोस्