Logo
Logo

अक्सिजन अभावमा २४ कोरोना संक्रमितको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । भारतको कर्नाटकमा अक्सिजन अभावमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चामाराजानगर जिल्लाको एक अस्पतालमा उपचाररत संक्रमितले अक्सिजन नपाउँदा ज्यान गुमाउनु परेको बीबीसी हिन्दीले जनाएको हाे । यो अस्पताल मैसुर सहरदेखि ६० किलोमिटर दूरीमा पर्दछ ।

उक्त अस्पतालका चिकित्सकहरुको प्रयासका बाबजुद पनि अक्सिजन अभावका कारण स्वासप्रस्वासमा सामान्य अवस्था नआउँदा उनीहरुले ज्यान गुमाउनु परेको बताइएको छ ।

चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका डीन जीएम सञ्जिवले राति १२ देखि २ बजेको बीचमा अक्सिजनको प्रेसर कम भएको जानकारी दिएका छन् ।

अस्पतालमा उपचाररत १ सय २२ कोभिड बिरामीमध्ये ज्यान गुमाउने १२ जना अन्य रोगबाट पनि पीडित रहेको बताइएको छ ।

अस्पतालमा प्रत्येक ३५ मिनेटमा १० अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्