Logo
Logo

सबै आन्तरिक हवाई उडान गएरातिदेखि बन्द


दृष्टि संवाददाता




काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै गएरातिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने भएको छ ।

आइतबार साँझ बसेको मन्त्रीपरिषद्‍को बैठकको निर्णयबमोजिम गएरातिदेखि लागु हुने गरी आन्तरिक उडान अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको थियो । यस्तै भारतका सीमित उडानबाहेक अन्य सबै अन्तराष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय पनि गरेको थियो ।

तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने उल्लेख छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । यसबीच कोरोना संक्रमणका कारण हवाई उडान स्थगित गर्नुपरेको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्