Logo
Logo

कैलालीमा थप ६ संक्रमितको मृत्यु


दृष्टि संवाददाता

630
Shares

धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार विहानसम्म सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको जानकारी दिए । मृत्यु भएकामध्ये कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।

यस्तै, टीकापुर अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. रमेशप्रसाद उपाध्यायले अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । उपाध्यायका अनुसार बुधबार बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो

प्रतिक्रिया दिनुहोस्