Logo
Logo

पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छे पानीबिनाको माछा जस्तो भुटभुटिएका छन् : प्रमओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं,२७फागुन ।
प्रधानमन्त्री केपी र्मा ओलीले राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रह हुनै नसक्ने बताउनुभएको छ ।


राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं बार्षिकोत्सवलाई आज सिंहदरबारमा सम्बोधनगर्दै प्रधानमन्त्रीएवं परिषदका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भएपनित्यो विशात्त mहुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नुभएको छ । “पृथकतावाद सानो भएपनित्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्वदिएर नै निस्तेज पारेको हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रिय अखण्डताका बिषयमा जनमत संग्रहहुनै सक्दैन । यस बिषयमा कसैले चिन्ता नगरे हुन्छ ।”
प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुंदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताउनुभएको छ । “नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदाएकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रि अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह्गर्ने भन्ने कुरा सोच्नपनिनमिल्ने कुरा हो ।”
विभिन्न आवरणमा चन्दालिने,लुटपाट गर्ने कुरा सरकारलाई मान्यनहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “देशको शान्ती सुरक्षा र अमनचयनखल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्यहुदैनन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही मृत संस्थाजिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनताअल्मल्याउने कुरा गर्छन् । तिदुवै कुराहरुलाई निस्तेज पारिन्छ । ”
देशको अखण्डता,सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाकालागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्