Logo
Logo

विमारी बढ्याबढ्यै, अस्पतालमा छैन बेड र अक्सिजन



बुटवल । बुटवलमा कोरोना संक्रमित दिनदिनै बढ्दै गएका छन् । संक्रमित विमारी बढ्दै गएपछि कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव सुरु भएको छ ।

अस्पतालका अनुसार विरामीहरु बेडको समेत अभाव छ । बेडको अभाव हुँदा विमारी भुईँमै लडिरहेका छन् । विमारी बढ्दै गएपछि बेड र अस्किजनको चरम अभाव हुने देखिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमका अनुसार अक्सिजनको अभावले पनि विमारीको ज्यान जाने अवस्था आउन थालेको छ ।

उनका अनुसार बिहीबारबा लागि १० वटा मात्र अक्सिजन सिलिण्डर बाँकी छ । बुधबार साँझमात्रै ६० वटा सिलिन्डर झारिएकोमा अहिले १० वटा मात्रै जडान गर्न बाँकी रहेको हो ।

कोरोना बिशेष अस्पतालमा दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको अस्पतालले जनाएको छ । अक्सिजन अभावकै कारण बुटवलमा संक्रमणको भयावह अवस्था आउन सक्ने भन्दै अस्पताले चिन्ता व्यक्त गरेको छ ।

अक्सिजन अभाव भएको बारे प्रमुख जिल्ला अधिरकारीलाई समेत जानकारी गराएको उनले बताए । ‘प्रदेशका स्वास्थ्यमन्त्री पनि भर्खरै भएकाले अलमलको अवस्था छ’ उनले भने, ‘दाङ्गमा एक हप्ताअघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न ।’ रकम ब्यवस्थापन हुन सके अस्पतालभित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्