Logo
Logo

न्यायाधीशलाई खोई कारबाही ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । न्यायपरिषद्ले यतिबेला एक दर्जन भन्दा धेरै न्यायाधीशमाथि छानबिन गरिरहेको छ । छानबिनमा रहेका न्यायाधीशहरुमाथि कारबाही हुन्छ भन्नेमा धेरैलाई विश्वास छैन । किनकि विगतमा पनि यसरी न्यायपरिषद्ले छानबिन गर्ने तर कारबाही नगर्ने गरेको नजिर छ ।

जस्तो कि जिल्ला अदालत दाङका तत्कालीन न्यायधीश चुरामान खड्काले एक महिलाले चिन्दै नचिनेको व्यक्तिलाई श्रीमान कायम गरिदिए । एक गिरोहसँग मिलेर बागलुङकी निरमाया पुनलाई दीपक घर्तीसँग श्रीमान कायम गराइदिएका थिए । जबकि दीपकलाई उनले कहिल्यै चिनेकी समेत थिइनन् ।
निरमायाले अर्काे व्यक्तिसँग बिहे गरेको आरोप लगाएर श्रीमानको सम्पत्ति नदिन त्यस्तो खेल भएको थियो । एक गरिब व्यक्तिलाई आर्थिक प्रभावमा परेर त्यस्तो योजना बुनिएको थियो, जसमा न्यायाधीश खड्काले साथ थिए । लगत्तै खड्कालाई न्यायपरिषद्ले तान्यो । तर अहिलेसम्म कारबाही भएको छैन । पीडित महिलाले उच्च अदालतबाट न्याय त पाइन् । तर न्यायाधीशमाथि कारबाही नहुँदा उनी दुःखी छिन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश जुनैद आजादलाई पनि जिम्मेवारीबाट हटाइएको थियो । लागूऔषधका अभियुक्तलाई उन्मुक्ति दिइएको भन्दै सरुवा गरिए पनि कुनै कारबाही भएको छैन ।
अहिले उच्च अदालतका न्यायाधीशहरु समेत तानिएका छन् । उनीहरुमाथि यसपटक कारबाही हुन्छ कि हुँदैन त्यसबाट प्रधानन्याधीश चोलेन्द्रशमशेर राणा चर्चा कमाउन मात्र चाहन्छन् कि अदालतमा वास्तवमै सुधार गर्न चाहन्छन् भन्ने प्रष्ट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्