Logo
Logo

यी हुन् तटस्थ बस्ने जसपाका १५ सांसद


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृतसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । र, संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा एक सय २४ मत परेको थियो ।

उपस्थित दुई सय ३२ सांसदमध्ये १५ तटस्थ बसेका थिए । एमालेका खनाल–नेपाल समूहका २८ सहित ३४ सांसदले मतदानमा भाग लिएनन् । सभामुख पनि मतदान प्रक्रियामा सहभागी भएनन् । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्नँ भन्ने तीन तरिका व्यवस्था थियो ।

विश्वासको मतका पक्षमा एमालेकै सांसदले सहयोग गरेनन् । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसद मतदानमा अनुपस्थित रहे । उनीहरूले मतदान प्रक्रियामा भाग लिएनन् ।

माओवादीका दुईजना सांसद पनि कोभिड संक्रमण र काठमाडौंबाहिर रहेकाले मत प्रक्रियामा भाग लिएनन् । जसपाका पनि दुईजना सांसद सहभागी भएनन् । त्यस्तै, नेमकिपाका एक सांसद प्रेम सुवालले पनि भोट हालेनन् । अर्कोतिर, राप्रपाका एक सांसद राजेन्द्र लिङ्देन पनि बैठकमा सहभागी भएनन् ।, यो समाचार नयाँ पत्रिकामा छ ।

तटस्थ बस्ने जसपाका १५ सांसद
१. प्रमोद साह
२. नरमाया ढकाल
३. अनिल झा
४. अमृतादेवी अग्रहरी
५. उमाशंकर अरगरिया
६. एकवाल मियाँ
७. चन्दा चौधरी
८. दुलारीदेवी खत्वेनी
९. निर्जला राउत
१०. विमलप्रसाद श्रीवास्तव
११. महन्थ ठाकुर
१२. राजकिशोर यादव
१३. राजेन्द्र महतो
१४. रानी मण्डल
१५. शरत्सिंह भण्डारी

प्रतिक्रिया दिनुहोस्