Logo
Logo

आजदेखि नेपाल सुपर लिग फुटबलको प्लेअपका खेल


दृष्टि संवाददाता


काठमाडौं । नेपाल सुपर लिग फुटबलको ‘प्लेअफ’का खेल आजदेखि सुरु हुँदैछ । आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो प्लेअफ खेलमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा गर्दै छन् ।

दुवै टिम फाईनल पुग्ने लक्ष्य सहित साँझ साढे ५ बजे मैदान उत्रनेछन् । सिंगल राउण्ड रोबिन लिगका आधारमा शीर्ष दुईमा रहेका टिम पहिलो प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आजको खेलमा विजयी हुने टिम सिधै फाइनल पुग्नेछन् । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो प्लेअफ खेलको विजेतासँग खेल्ने मौका पाउने छ ।

आज हुने पहिलो प्लेअप खेलमा काठमाडौंलाई धनगढीविरुद्ध बदला लिने अवसर हुनेछ । काठमाडौं आफ्नो दोस्रो खेलमा धनगढी एफसीसंग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्