Logo
Logo

संक्रमित घरमै


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । कोरोना संक्रमितको स्वास्थ्य सुरक्षाका लागि डाक्टर सहितको स्वाथ्यकर्मीको टोली, अक्सिजन, एम्बुलेन्स तयारी अवस्थामा राखिएको बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवती पराजुलीले बताए ।

‘गम्भीर अवस्था आएमा तुरुन्त संक्रमितलाई सम्पर्क राख्न भनेका छौं,’ उनले भने, ‘बर्दिबास अस्पतालमा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार राखेका छौं ।’ स्वास्थ्यमा जटिल अवस्था आए थप उपचारका लागि बाहिरका अस्पतालमा पठाइने व्यवस्था मिलाइएको उनले बताए ।

बर्दिबास अस्पतालका अनुसार वैशाख २० गते यता बर्दिबास नगरपालिका र वरिपरीका गाउँका २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । सबै संक्रमितहरु आफ्नै घरमा छन् । बर्दिबास अस्पताललाई कोभिड अस्पतलाको रुपमा संचालन गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।, यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्