Logo
Logo

कोरोनाबाट बाँकेमा थप १० जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमणका कराण बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोनाको मृत्यु भएको छ । बुधबार ४ बजे दिउँसोदेखि बिहीबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।

मृतक मध्ये ६ जना बाँके, २र२ जना बर्दिया र दाङका रहेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर-१ की ४३ वर्षीया महिलाको बुधबार दिउँसो ४ः ४५ बजे र बाँकेकै नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पताल ल्‍याइ पुर्‍याए लगत्तै मृत्‍यु भएको उनले बताए । एन्टीजेनबाट कोरोना पोजिटीभ देखाएका उनलाई सोही दिन नारी आइसोलेशन सेन्टरमा राखिएको थियो ।

कोरोना फोकल पर्सन ओलीका अनुसार यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत बाँकेकै बैजनाथ गाउँपालिका(६ का ६४ वर्षीय पुरूषको बिहीबार विहान ४ः३० बजे, बाँकेकै डुडुवा गाउपालिका-३ की ५० वर्षीया महिलाको बिहीबार विहान १ बजे, बाँकेकै नरैनापुर गाउँपालिका-५ का ४२ वर्षीय पुरूषको बिहीबार विहान २स्४५ बजे र नेपालगञ्गज उपमहानगरपालिका-१२ बाँकेकी ७६ वर्षीया महिलाको बिहीबार विहान ३स्४५ बजे नै मृत्‍यु भएको हो ।

यस्तै भेरी अस्पतालमा उपचाररत राजापुर-६ बर्दियाकी ५६ वर्षीया महिलाको बुधबार साँझ ७ः ४५ बजेको मृत्‍यु भएको छ । नेपालगञ्‍ज मेडिकल कलेजमा वैशाख १८ गते पीसीआर परीक्षण गर्दा कोरोना कोरोना पोजिटीभ देखाएपछि उनी वैशाख २९ गते भेरी अस्पतालमा भर्ना भएकी थिइन् । यस्तै गुलरिया÷बर्दियाकी ३२ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा बुधबार राति १०ः ३५ बजे मृत्‍यु भएको हो ।

यस्तै नेपालगञ्‍ज मेडिकल कलेजमा उपचाररत तुलसीपुर उपमहानगरपालिका -५, दाङकी ३५ वर्षीया महिलाको बिहीबार विहान ५ः ३० बजे र तुलसीपुर उपमहानगरपालिका-६, दाङकै ४३ वर्षीय पुरूषको बुधबार राति ८ः४५ बजे मृत्‍यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २१४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका १६३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्