Logo
Logo

कोरोनाविरुद्धको खोपको दोस्रो डोज सांसदहरुलाई लगाउन सुरु


दृष्टि संवाददाता


काठमाडौं । कोरोनाविरुद्धको खोपको दोस्रो डोज संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई लगाउन सुरु गरिएको छ ।

गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरेका छन् । अहिले सांसद तथा कर्मचारीहरु लाइन लागेर खोप लगाउने पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्