Logo
Logo

चन्द्रागिरीको रिसोर्टमा जुवा, पाँच जना पक्राउ


दृष्टि संवाददाता



काठमाडौं । महामारीको समयमा समेत रिसोर्टमा जम्मा भएर जुवा खेल्नेहरु पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–१३ किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यु रेष्टुरेन्ट एण्ड रिसोर्टमा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास (सट्टाबाजी) खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका–५ घर हुने ५० वर्षीय भाईराजा शाह ठकुरी, ५० वर्षीय मिन बहादुर रजाल, ४७ वर्षीय कृष्ण बिडारी, ३७ वर्षीय कुमार लामा र सोही नगरपालिका–१० घर हुने २६ वर्षीय पर्वत खड्का रहेका छन् ।

जुवातास खलिरहेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ महानगरीय पहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्