Logo
Logo

यी हुन् नेपाल सुपर लिगमा उत्कृष्ट छनोट भएका खेलाडीहरु


दृष्टि संवाददाता


काठमाडौं । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उत्कृष्ट फरवार्डमा अन्जन विष्ट घोषित भएका छन् । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

तेस्रो भएको ललितपुर सिटी एफसीका कप्तान तथा मार्की प्लेअर अन्जन उत्कृष्ट फरवार्ड बनेका हुन् । उनले प्रतियोगितामा ३ गोल गरेका थिए ।यस्तै काठमाडौंलाई च्याम्पियन बनाउन फाइनलमा निर्णायक गोल गरेका क्यामरुनी खेलाडी मेसोउके ओलोमोउ उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् । उनले यो लिगमा ९ खेल खेल्दै सर्वाधिक ८ गोल गरेका थिए ।

यस्तै फाइनलमा पराजित भएपनि धनगढीका कप्तान तथा आइकोनिक प्लेअर किरण चेम्जोङ उत्कृष्ट गोलकिपर चुनिए । धनगढीकै दिनेश राजवंशी उत्कृष्ट डिफेण्डर घोषित भएका छन् ।

च्याम्पियन काठमाडौंका बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक चयन भए । यसैगरी काठमाडौंकै विश्वास श्रेष्ठ इमर्जिङ प्लेअर घोषित भए । उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले १(१ लाख प्राप्त गरे भने विश्वासले ५० हजार पाए । यस्तै चौथो बनेको बुटवल लुम्बिनी एफसीले फेयर प्ले अवार्ड पाएका छन् ।

एनएसएलको विजेता र उत्कृष्टहरु पुरस्कार

विजेता : काठमाडौं रेजर्स – ३५ लाख
उपविजेता : धनगढी एफसी – १५ लाख
उत्कृष्ट फरवार्ड : अन्जन विष्ट (ललितपुर सिटी) १ लाख
उत्कृष्ट मिडफिल्डर : मेसोउके ओलोमोउ (काठमाडौं रेजर्स) १ लाख
उत्कृष्ट डिफेण्डर : दिनेश राजवंशी (धनगढी एफसी) १ लाख
उत्कृष्ट गोलकिपर : किरण कुमार लिम्बु (धनगढी एफसी) १ लाख
उत्कृष्ट प्रशिक्षक : बालगोपाल महर्जन (काठमाडौं रेजर्स) १ लाख
इमर्जिङ प्लेअर : विश्वास श्रेष्ठ (काठमाडौं रेजर्स) ५० हजार
फेयर प्ले अवार्ड : बुटवल लुम्बिनी एफसी

प्रतिक्रिया दिनुहोस्