Logo
Logo

पूर्वसांसद योग नारायण यादवको निधन


दृष्टि संवाददाता


काठमाडौं । पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं। १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।

यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए । सामाजिक सन्जालमा एमाले नेता विष्णु रिजालले यादवको कोरोना संक्रमणबाट निधन भएको लेखेका छन् । दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएको स्थानीय सुरेश यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्