Logo
Logo

जनताको सेवा गर्दा–गर्दै ढलेका एक राष्ट्रसेवक


दृष्टि संवाददाता



काठमाडौं । भौतिक रुपमा एकपटक सबैसँग आइसोलेट गराई छाड्यो, भावानात्मक रुपमा चाहि हैन है । कोभिड–१९ पोजेटिभ ।


गत २२ बैशाखमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसी) राजकुमार केसीको फेसबुक स्टाटस हो यो । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत उनै डिएसपी केसीले भौतिक रुपमा बिदा लिएका छन् । उनको निधनले सयौं प्रहरी मर्माहत भएका छन् । किनकी उनी अरु भन्दा फरक स्वभावका प्रहरी थिए, उनी सबैका प्रिय थिए ।


सधैं नम्र र मिलनसार उनको पहिचान थियो । जहाँ पुग्थे यही मिलासिलोपनका कारण छुट्टै पहिचान बनाएका थिए । त्यही स्वभावका कारण एसएसपी श्याम ज्ञवालीले उनलाई काठमाडौं परिसरमा ल्याएका थिए । परिसरमा विगत एक वर्षदेखि उनले अपराध अनुसन्धानको काम गर्दै आएका थिए । एक वर्षको अवधिमा उनले धेरै पीडितलाई न्याय दिलाए । लकडाउन समयमा धेरैको ज्यान जोगाए । जनताको सेवा गर्दा गर्दै उनी आफु भने ढलेका छन्, सयौं प्रहरीलाई स्तब्ध बनाएर । नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।


असईबाट नेपाल प्रहरीमा प्रवेश गरेका उनी खुला प्रतिस्पर्धाबाट इन्सपेक्टर भएका थिए । सिआइबीमा कार्यरत रहँदा उनले ठूला बैंकिङ अपराधको अनुसन्धान गरे । कास्की र काभ्रेमा सेकेण्ड म्यान भएर काम गर्दा उनले जनताको मन छुने गरी काम गर्दथे । काठमाडौं परिसरमा पनि उनले कतिपय ठूला अपराधको सफल अनुसन्धान गरेका थिए ।


कोभिड हुनु अघिल्लो दिनसम्म उनी जनताको ज्यान जोगाउन फिल्डमै खटिएका थिए । जनतालाई जोगाउने क्रममा उनी आफैं भने ढलेका छन् । भौतिक रुपमा बिदा भएपनि उनी प्रहरी र सेवाग्राहीमाझ सधैं सम्झनामा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्