Logo
Logo

बादललाई भोट नहालेको भन्दै ओली आक्रोशित


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रि सभा सदस्य निर्वाचनमा पर्टीका उम्मेदवार रामबहादु थापा बादललाई पार्टीकै मतदाताले भोट नदिएको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोस व्यक्त गरेका छन् ।

उपनिर्वाचनको मतपरिणाम नै नआइ नेकपा एमालेले राष्ट्रिय सभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिइएकोमा भत्र्सना समेत गरेको छ ।

पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले आफ्नै उम्मेदवारलाई मत नदिएर वरिष्ठन नेता माधवकुमार नेपाल समूहले राम्रो नगरेको धारणा राखेका थिए । बैठपछि जारी प्रेस विज्ञप्तिमा आफ्नो उम्मेदवारलाई मत नदिएको भन्दै मत्र्सना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्