Logo
Logo

२० लाख धरौटी राखेर छुटे सहसचिव


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ५ चैत ।
अकुत सम्पति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा खेपेका निलम्बित सहसचिव चन्द्रमान श्रेष्ठ २० लाख रुपैयाँ धरौटीमा छुटेका छन् । बिशेष अदालत सोमबार उपस्थित भएका उनलाई अदालतले २० लाख धरौटी माग गरेको थियो ।


बैंक ग्यारेन्टीमार्फत धरौटी राखेर उनी छुटेका हुन् । गत २५ पुसमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । एक करोड ३४ लाख पाँच सय ७६ रुपैयाँ अकुत सम्पति रहेको दाबी गरि आयोगले मुद्दा दायर गरेको थियो ।
श्रीमती जमुना तन्डुकार तथा चिनजानकी भगवती योगीका नाममा उनले सम्पती जोडेकाले उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको थियो । उनीहरु फरार नै छन् । योगी अमेरिकामा छिन् ।

प्रतिक्रिया दिनुहोस्