Logo
Logo

देउवा र ओली दुवैको प्रस्ताव राष्ट्रपतिबाट खारेज, अब के हुन्छ प्रक्रिया ?


दृष्टि संवाददाता


काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीको दावी गरिएका दुवै प्रस्ताव राष्ट्रपति बिद्यादेवी भण्डारीले खारेज गरिदिएकी छिन् । केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको प्रस्तावमा दावी नपुगेको भन्दै खारेज भएका हुन् ।


दुवैको प्रस्तावमा सांसदको नामहरु दोहोरिएको भन्दै राष्ट्रपतिले प्रस्ताव खारेज गरेकी हुन् । यो निर्णले ओलीलाइै फाइदा भएको छ भने प्रतिपक्षी गठबन्धन निराश भएको छ । अब राष्ट्रपतिबाट फेरि नयाँ सरकार गठनका लागि आह्वान हुने सम्भावना कम छ । ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिएर मध्यावधि चुनाव गराउने रणनीति बनेको छ । स्रोतका अनुसार ओलीले प्रतिनिधि सभा बिघटन गरेर मध्यावधि निर्वाचन गराउने तयारी गरेका छन् । तर, प्रतिपक्षीले राष्ट्रपतिको कदमको विरोध गर्ने सम्भावना छ । प्रष्ट रुपमा प्रतिपक्षीसँग बहुमत सदस्य हुँदा पनि दाबी नपुगेको भनेकाले यो विवादमा सर्वाैच्चमा पुग्ने र ठूलो राजनीतिक विवादको विषय हुने देखिन्छ ।

उता प्रधानमन्त्री ओलीले मध्यरातमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । यही बैठकले संसद बिघटन गर्न सक्ने सम्भावना छ ।


यस्तो छ राष्ट्रपति कार्यालयको मध्यरातको विज्ञप्ती:

प्रतिक्रिया दिनुहोस्