Logo
Logo

यो प्रतिगमन भाग २ हो, डटेर प्रतिवाद गरौं : माधव नेपाल


दृष्टि संवाददाता


माठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उद्घोष जालझेल भएको टिप्पणी गरेका छन् । शनिबार विहान सामाजिक सञ्जालमार्फत षड्यन्त्रकारीको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको भन्दै नेता नेपालले प्रतिगमन दोहोरिएको बताएका छन् ।

संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएको उनको भनाई छ । नेता नेपालले संसद् विघटन गरेर चुनावको घोषण गर्नु प्रतिगमन भाग-२ भएको पनि बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको भर्त्सना गर्दै यसको प्रतिवाद डटेर गर्न आह्वान समेत गरेका छन् ।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्