Logo
Logo

सोलुखुम्बुका गाउँ– गाउँमा इन्भेष्टमेन्ट बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर.१ स्थित खरीखोलामा आफ्नो एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले समे एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

उद्घाटनपछि शेर्पाले एक्स्टेन्सन काउन्टर स्थापनापछि गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने बताए ।
बैंकले खुम्बुपासाङ ल्हामुगाउँपालिका अन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको छ । सोही गाउँपालिकाअन्तर्गत वडा नम्बर ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका,माप्यदुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज भएको छ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग पुग्ने अपेक्षा लिइएको बैंकले जनाएको छ ।
इन्भेष्ट बैंकले अहिले ७८ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, ९ वटा राजश्व संकलन काउन्टर, ५१ वटा शाखारहित बैंकिङ सुविधा, १ सय ११ वटा एटिएम तथा ३,७८३ वटा पिओएस मेसिनमार्फत सुविधा दिदै आएको छ । बैंकले पाँच पटक बैंक अफ दी इयर अवार्ड पाइसकेको छ । इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा एबाट ए प्लटमा स्तारोन्नी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्