Logo
Logo

विशाल भट्टराईले बुझाए संसद सचिवालयको गाडी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले आफूले लिइरहेको सुविधा संसद सचिवालयलाई फिर्ता गरेका छन् । उनले संसद विघटन भएसँगै मुख्य सचेतकले पाउने गाडी फिर्ता गरेका हुन् ।

भट्टराईले फेसवुकमा लेखेका छन्, ‘नेकपा (एमाले) को मुख्य सचेतकको जिम्मेवारी दुई महिना २२ दिन पुरा गरी आजबाट बिधिवत बिदा भएको छु,’

‘त्यस हैसियतले मैले प्राप्त गरेको गाडी र कार्यालय संसद सचिवालयलाई जिम्मा लगाएको छु । मेरो सचिवालयमा रहेर काम गर्नुभएका साथीहरुलाइ पनि सधन्यबाद बिदा गरेको छु।’ उनले लेखेका छन् । एमालेकी सचेतक शान्ता चौधरीले पनि सेवासुविधा बाफत पाएको गाडी फिर्ता गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्