Logo
Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको लोगो दुरुपयोग


दृष्टि संवाददाता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो लोगो दुरुपयोग भएको जनाएको छ । बैंकले ३५ औं वार्षिकोत्सवको अवसरमा बनाएको फेसबुक प्रोफाइल पिक्चरको फ्रेमलाई तोडमोड गरी दुरुपयोग भएको हो ।


सो प्रोफाइल पिक्चरको फ्रेमलाई हाल ‘नो भ्याक्सिन नो भोट’ लेखेर दुरुपयोग भएको हो । यसबारे आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बैंकका डिजिएम बिजेन्द्र सुवालले बताए । ‘ ३५ औं वार्षिकोत्सवको अवसरमा बनाइएको लोगो दुरुपयोग भएकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ उनले भने,‘यसमा हामी कानुनी उपचारमा जान्छौं ।’

प्रतिक्रिया दिनुहोस्