Logo
Logo

प्रहरीलाई अन्यायः ६ वर्षमा १५ प्रतिशत राशनभत्ता बृद्धि


दृष्टि संवाददाता



काठमाडौं । सरकारले सुरक्षाकर्मीलाई फेरि अन्याय गरेको छ । ६ वर्षको अवधिमा जम्मा १५ प्रतिशत राशनभत्ता बृद्धि गरिएको छ ।


बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले १५ प्रतिशत राशनभत्ता बढाउने निर्णय गरेका हुन् । जबकी गृह मन्त्रालयले ३५ प्रतिशत बृद्धि गर्न सिफारिस गरेको थियो । पछिल्लो ६ वर्षमा करिब ३५ प्रतिशत महंगी बढेकाले सोही अनुसार रासनभत्ता बृद्धि गर्न सिफारिस भएको थियो । त्यसविपरीत थोरै मात्र बृद्धि भएको छ । जसअनुसार मासिक भत्ता करिब आठ सय रुपैयाँ बृद्धि हुनेछ ।

सबै कर्मचारीको तलब भने दुई हजार बढाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्