Logo
Logo

अर्थमन्त्रीको जिल्लामा कार्यक्रमै-कार्यक्रम


दृष्टि संवाददाता



काठमाडौं । निकै महत्वाकांक्षी योजनाका रूपमा लिइएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाले आगामी आर्थिक वर्षको बजेटमा प्रवेश पाएको छ  । बजेटमा कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ  ।

आयोजना कार्यान्वयनको ढाँचा निर्धारण र स्रोत व्यवस्थापनको काम सम्पन्न गरी निर्माण कार्य आरम्भ गरिने बजेटमा उल्लेख छ  । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको डिपिआर आउँदो वर्ष पूरा गरी काम सुरु गरिने बजेटमा उल्लेख छ  । कालीगण्डकीको पानी सुरुङमार्गबाट तिनाउ नदीमा ल्याई रुपन्देही नवलपरासी र कपिलवस्तुमा सिँचाइ गर्ने लक्ष्य छ  ।

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र अन्य भौतिक पूर्वाधार निर्माण गर्न तीन अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ  । बजेटमा लुम्बिनी गुरुयोजना दुई वर्षमा सक्ने उल्लेख छ  । यस्तै, लुम्बिनी–तिलौराकोट–देवदह–रामग्राम क्षेत्र समेटी बृहत्तर लुम्बिनी विकास योजनाका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ  ।

भैरहवामा निर्माण हुन नसकेको एकीकृत भन्सारचौकी निर्माणको काम यथाशीघ्र सुरु गरिने भएको छ  । ट्रक पार्किङ क्षेत्र नहुँदा भारतीय क्षेत्रको सडकमा हप्तौँ गाडी पार्किङ गर्नुपर्दा व्यवसायीले बढी भाडा तिर्नुपरेको गुनासो गर्दै आएका छन्  । त्यसलाई सम्बोधन गर्न बेलहियामा दुई हजार गाडी पार्किङ गर्न मिल्ने ट्रक पार्किङ यार्ड निर्माण गर्ने बजेटमा उल्लेख छ  ।

भैरहवामा बन्दै गरेको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन भएको छ  । भैरहवा सहरको विकास, विस्तार, ढल निकास र पूर्वाधार निर्माण गर्न बजेट विनियोजन भएको छ  । बुटवल–भैरहवालाई मेघासिटीका रूपमा विकास गर्ने बजेटमा उल्लेख छ  । यस्तै, बुटवलमा विद्युत् तार भूमिगत गर्ने बजेटमा उल्लेख छ  ।

बन्द उद्योगहरूमध्ये रुपन्देहीको बुटवलमा रहेको धागो कारखाना सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गर्न आह्वान गर्ने बजेटमा छ  । बुटवल–भैरहवा लुम्बिनीस्तरीय ठूला विद्युतीय बस सञ्चालन गर्नेलाई सहुलियत दिने, बुटवल मेडिकल कलेज सञ्चालन गर्न प्रस्ताव अगाडि बढाउने पनि बजेटमा उल्लेख छ  । रुपन्देही मोतीपुर औद्योगिक क्षेत्र दुई वर्षभित्रमा सञ्चालन गर्ने, कृिषउपज संकलन, प्रशोधन तथा ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गर्न रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषिउपज थोकबजार निर्माण गरिने बजेटमा छ  ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्