Logo
Logo

खोपबारे बाबुरामले भने- ‘सरकार खुराफातमा मस्त हुने राष्ट्रपतिलाई चाहिँ भिख माग्न लगाउने ?


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरस खोपबारे राष्ट्रपतिलाई भिख माग्न लगाएको टिप्पणी गरेका छन् । सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भिख माग्न लगाएको भन्दै भट्टराईले एक ट्विट गरेका छन् ।

नेपाल जस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट खोप लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो भएको भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

’कोरोनाविरुद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्व हो । हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्‍याइसक्दा हामी किन कुइराको काग जस्तो ?, उनले भनेका छन्, ‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रापलाई चाहिँ भिख माग्न लगाउने ? खै लज्जाशरणम ?’

प्रतिक्रिया दिनुहोस्