Logo
Logo

भारतमा नियन्त्रणतर्फ कोरोनाः सक्रिय संक्रमित ३६ लाखबाट घटेर १८ लाख


दृष्टि संवाददाता



काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रण हुँदै गएको देखिएको छ । पछिल्लो दुई सातायता निरन्तर संक्रमण घटेको छ ।
पछिल्लो २४ घन्टामा डेढ महिना यताकै न्युन अर्थात् एक लाख २७ हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा एकैदिन चार लाख १४ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।


सक्रिय संक्रमितको संख्या पछिल्लो तीन सातामा आधा घटेको छ । ३६ लाखसम्म पुगेको सक्रिय संक्रमितको संख्या मगलबार १८ लाख ९५ हजारमा घटेको छ ।
मृत्यु पनि कम हुँदै गएको छ । २४ घन्टामा दुई हजार सात सय पाँच जनाको मृत्यु भएको छ । एक साताअघि दैनिक चार हजारको मृत्यु भएको थियो ।
नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश तथा विहारमा पनि उल्लेख्य मात्रामा संक्रमण घटेको छ । उत्तर प्रदेश र दिल्लीमा संक्रमणदर एक प्रतिशतको हाराहारी छ । जसकारण त्यहाँ मंगलबारदेखि लकडाउन खुकुलो बनाइएको छ । नेपालमा पनि भारतकै ट्रेन्डका आधारमा संक्रमण घट्ने विज्ञहरुको अनुमान छ । तर, नेपालमा अझै संक्रमणदर उच्च छ । ३० प्रतिशतमा संक्रमण देखिएकाले दिल्लीको अवस्थामा पुग्न अझै एक महिना लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्