Logo
Logo

भारतको अनुदानमा निर्मित सामुदायिक क्याम्पस उद्घाटन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० चैत । भारत सरकारको आर्थिक अनुदान सहयोगमा निर्मित रामेछापको बाम्ती भण्डारस्थित सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसको भवनको औपचारिक उद्घाटन गरिएको छ । जिल्ला समन्वय समिति तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमबीच उद्घाटन गरिएको हो ।


भारतको ३.५५ करोड अनुदानमा निर्मित उक्त क्याम्पसको तीनतल्ले नयाँ भवनमा १२ वटा कक्षा कोठा रहेका छन् । सन् १९६३ मा स्थापित तथा त्रिभुवन विश्वविद्यालयसँग सम्बद्घ सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पसमा हाल एक हजार विद्यार्थी अध्ययनरत छन् । सन् २००६ देखि यस क्याम्पसले स्नातक तहका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


सिद्धेश्वर शिक्षा सामुदायिक क्याम्पस रामेछाप जिल्लाको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित छ । क्याम्पसमा संकाय, प्रधानाध्यापक, पुस्तकालय, बैठक, लेखा शाखा, प्रयोगशाला, भण्डारणका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि शौचालय निर्माण गरिएका छन् । .
यस नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्घि गर्ने मात्र नभई रामेछाप तथा यस जिल्लासँग जोडिएका अन्य क्षेत्रका गरिब तथा सीमान्तकृत विद्यार्थीलाई शिक्षामा पहँुच पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्