Logo
Logo

पूर्व माओवादी नेतालाई पनि मन्त्री बनाउने तयारी, गृहमा लफडा


दृष्टि संवाददाता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बाहेक सबै मन्त्री हटाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक योजना मन्त्री बसन्त नेम्वाङ बाहेक सबैलाई हटाउन लागिएको छ ।


त्यस्तै एमाले प्रवेश गरेका पूर्व माओवादी नेतालाई समेत मन्त्री बनाउने तयारी भइरहेको छ। बालद तथा टोपबहादुर रायमाझी निकट केही नेतालाई मन्त्री नियुक्त गर्न लागिएको छ । यसका लागि बादल बालुवाटार पुगेका छन् । उनले आफु निकट नेतालाई गृहमन्त्रीमै नियुक्त गर्न प्रस्ताव गरेको स्रोत बताउँछ ।


तर, एमाले नेताहरुले समेत गृह दाबी गरेकाले कुरा मिलेको छैन ।

सर्वाेच्चको आदेशले पूर्व माओवादीका सात मन्त्री पदमुक्त भएका थिए । कम्तीमा चार मन्त्रालय आफ्नो समूहले पाउनेपर्ने दाबी उनीहरुले गरेका छन् ।
विवादका कारण सपथ बेलुका ८ बजेका लागि सरकोे छ ।

प्रतिक्रिया दिनुहोस्