Logo
Logo

बाबुरामको टिप्पणी- पहाडी र मधेशी ठग्ने एकै ठाउँमा


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने एकै ठाउँ भएको भन्दै ‘यक्ष प्रश्न’ गरेका छन् ।

शुक्रबार जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता भट्टराईले सामाजिक संजाल ट्वीटमार्फत नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका हुन् ।

ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम ?’

उनले प्रश्न गरेका छन् – ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाको ठाकुर र महतो पक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सहभागी गराई मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेता भट्टराईको यस्तो धारणा आएको हो ।

जसपाका भट्टराई, उपेन्द्र र अशोक राई भने ओली नेतृत्वको सरकारमा सहभागी हुन नहुने बरु यो सरकारको विकल्प खोज्ने भन्दै कांग्रेस, माओवादीलगायतको विपक्षी गठबन्धनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्